Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाइरसले व्यापार डामाडाेल छ, सरकारलाई पैसा भए पुग्दाे रैछ : ठमेल व्यवसायी (भिडियाे)

निशा हुमाँगाई

विहीबार, २२ फागुन २०७६, ०५ : ३६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – हाल सारा विश्वलाई नै त्रसित बनाइरहेकाे कोरोना भाइरसले गर्दा नेपालकाे व्यापार/व्यवसाय समेत डामाडाेल भएकाे व्यवसायीहरूकाे गुनासाे रहेकाे छ ।

उपत्यकाकाे मुख्य पर्यटकीय स्थल ठमेल बजारमा हाल कोरोना भाइरसले प्रत्यक्ष असर गरेकाे छ । सुरूमा दिनकाे १० देखि १५ हजारसम्म व्यापार भइरहेकाेमा अहिले बाेनी हुँन समेत हम्मे हम्मे परेकाे त्यँहाका व्यवसायीहरूले बताएका छन् । याे सिजन व्यापारकाे सिजन भएतापनि ठमेलकाे व्यापार लगभग ७५ प्रतिशतले घटेकाे उनीहरूकाे भनाइ छ ।

यसैगरी, याे भन्दा अघिल्ला वर्षहरूमा यतिबेला नयाँ वर्षका लागि चाइनिजहरूले ठुलाे संख्यामा किनमेल गर्दथे तर अहिले त्याे संख्या शुन्यमा झरेकाे छ ।

त्यसैगरी, व्यापार मात्र नभएर पर्यटककाे आगमन समेत लगभग ७५ प्रतिशतले नै घटेकाे उनीहरूले बताएका छन् ।

व्यापार घट्नुमा चिनबाट सामानहरू आयात हुन नसक्नु पनि मुख्य कारण रहेकाे ठमेल व्यवसायीले जनाएका छन् ।

त्यस्तै, यस्ता समस्या निर्मुल गर्न सरकारले कुनै चासाे नदेखाएकाे उनीहरूले बताएका छन् । सरकारले एयरपाेर्टमा कडा जाँच गरेर मात्र पर्यटकहरू भित्र्याउने गरेमा हल्का मात्रामा भएपनि त्रास मेटिने उनीहरूले बताएका छन् ।  

हेर्नुहाेस् उनीहरूसँगकाे कुराकानी :

कोरोनाको प्रभाव अन्नपूर्ण पदमार्गमा

विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ । लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ । विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै रहर भएको छ । लमजुङ बेँसीशहर हुदैँ खुदी भुलभुले, बाहुनडाँडा, जगतच्याम्चे, जगत भएर पर्यटक मनाङ आउने क्रम ठप्प भएको छ । 

पर्यटनकै भरमा रहेका पर्यटन व्यवसायी र होटल  व्यवसायी पर्यटन नआउँदा निराश भएका छन् । पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार गत वर्ष यो समयमा होटलका कोठाले नपुगेर टेन्टमा पर्यटक राख्नुपरेको थियो, अहिले सबै खाली नै छन् । त्यस्तै गुनासो अधिकांश होटल व्यवसायीको छ ।

कहिले हिमपात त कहिले महामारी रोगले यो पदमार्गमा आउने पर्यटक दिनानुदिन घट्दै गएको होटल व्यवसायी मिङ्मर लामाले बताउनुभयो । उहाँका अनुसार दुईचार दिन अगाडि एकदुई  पर्यटक देखिए पनि अहिले भने सुनसान नै भएको छ । उहाँले भन्नुभयो, “पर्यटक आउनुभन्दा पनि रोग सर्ला कि भन्ने डरले सताएको छ ।”

जिल्ला प्रशासन कार्यालय मनाङले विदेशी पर्यटकसँग सचेत रहन र  कोरोना भाइरसका बारेमा सतर्क रहन आग्रह गरेको छ । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले पनि पर्यटकीय क्षेत्रमा आउने विदेशी पर्यटकसँग सचेत रहन आग्रह गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको