अर्थ संसार, काठमाण्डौं - प्रतिनिधिसभाको आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेकाेसो प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
त्यस्तै, प्रतिनिधिसभाको उक्त विशेष प्रस्तावमा भनिएको छ, “ प्रधानमन्त्री केपी शर्मा ओलीको आजै महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मिर्गौला प्रत्यारोपणको कार्य भइरहेकामा प्रतिनिधिसभाको यो बैठक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण कार्य सफलतासाथ सम्पन्न होस् भन्ने कामना गर्दछ । साथै उहाँको शीघ्र स्वास्थ्यलाभाको समेत कामना गर्दछ ।” यस्तै बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस