Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकद्धारा युवा लक्षित “RBB Empowerment Academy” कार्यक्रमको तेस्रो चरणको शुरूवात

निशा हुमाँगाई

बुधबार, २१ फागुन २०७६, १६ : ५३ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकद्धारा युवा लक्षित “RBB Empowerment Academy” कार्यक्रमको तेस्रो चरणको शुरूवात

अर्थ संसार, काठमाडौं – गर्भीलो इतिहास बोकेको देशकै सरकारी बैंकले विशेष गरी युवा वर्गहरूको लागि गर्नुपर्ने सामाजिक उत्तरदायीत्व अन्तर्गत आज एक समारोह बिच RBB Empowerment Academy को तेस्रो चरणको कार्यक्रम प्रदेश नं २ को लागि शुरूवात गरेको छ ।

फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रूपमा अगाडि लैजाने उद्देश्यले शुरू गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । यस एकेडेमीले २०७६ फाल्गुन २१ गते बाट फाल्गुन ३० सम्म निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा २०७६ चैत्र ७ देखि चैत्र ९ गते सम्म वीरगंजमा संचालन गर्दैछ ।

प्रदेश नं. २ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरू (कुनै प्रकारको काममा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरूले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरूद्धारा निःशुल्क रूपमा दिइने छ । 

कार्यक्रममा उपस्थित सबैजनालाई राष्ट्रिय वाणिज्य बैंक, प्रदेश नं २ का प्रमुख विश्व प्रकाश ज्ञवालीले स्वागत गर्दै युवा लक्षित ट्रेनिङ्ग आफ्नो प्रदेशमा पनि गर्न लागेकोमा खुशी व्यक्त गरेका छन् ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराजले ५५ वर्षको गर्भीलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरूको वृति विकाशका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले हाम्रो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम संचालन गरिएको कुरा बताएका छन् । वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षीत जमातहरू लालायीत भइरहेको परिप्रेक्षमा , रोजगार उन्मुख यस्ता किसिमका तालिमहरूले युवकहरूको वृति विकाशमा धेरै सहयोग गर्ने कुरामा उनले विश्वास व्यक्त गरेका छन् । 

आवेदकहरूमध्ये निश्चित क्राइटेरीयाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालीममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ ।

सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रूपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरू निकट भविष्यमै बाँकी प्रदेशहरूमा पनि संचालन गरीनेछ ।

यो कार्यक्रम प्रदेश नं १ र ३ मा सम्पन्न भई तालीम लिएकाहरू हाल बैंकमा इन्टर्नको रूपमा आवद्ध भएका छन् ।

त्यस्तै, बैंकको अफिसियल वेबसाईट www.rbb.com.np मा लग इन गरी वा बैंकको फेसबुक पेजबाट विस्तृत जानकारी प्राप्त गर्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको