Like us!
Follow us!
Connect us!
Watch us!

महिला सहयात्रा लघुवित्तले डाक्याे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

बुधबार, २१ फागुन २०७६, १६ : १२ मा प्रकाशित

महिला सहयात्रा लघुवित्तले डाक्याे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाकाे हिजाे फागुन २० गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे आर्थिक वर्ष २०७५/७६ काे साताैं वार्षिक साधारण सभा चैत्र २२ गते शनिबारका दिन ओम अध्याय रिट्रिट रिसाेर्ट, बज्रबाराही, थाहा नगरपालिका ६ मकवानपुरमा हुने भएकाे छ ।

यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि संस्थाले चैत्र ४ गते एक दिनका लागि संस्थाकाे शेयर दाखिल खारेज बन्द हुने संस्थाले जनाएकाे छ ।

त्यस्तै, संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बाेनस शेयर तथा ७.५ प्रतिशत नगद लाभांश (कर प्रयाेजन समेत) वितरण गर्ने भएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e5f8424dc38e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको