Like us!
Follow us!
Connect us!
Watch us!

‘आइएमई पे’ को नेपालमा पैसा हातैमा पायोसँगै ५० रुपैयाँको बोनस खायो योजना सार्वजनिक

अर्थ संसार

बुधबार, २१ फागुन २०७६, १७ : ०१ मा प्रकाशित

‘आइएमई पे’ को  नेपालमा पैसा हातैमा पायोसँगै  ५० रुपैयाँको बोनस खायो योजना सार्वजनिक

अर्थ संसार, काठमाडौं– आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपले “नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो” योजना ल्याएको छ । योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’मोबाइल वालेटमा पैसा पठाउन सकिने छ ।यो योजना फ्रेबुअरी २२ देखि अगस्ट २२, २०२०(छमहिना)   सम्म लागु गरिएको छ ।

यो योजना अवधिभर क्योदाईबाट नेपालमा‘आइएमई पे’गर्नुहुने सेवाग्राहीहरुले ३ पटकसम्मनिशूल्कसेवाशूल्कमा पैसा पठाउन सक्नुहुनेछ। चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने यस योजनाका फाइदाहरु रहेका छन् ।यसका लागि प्राप्तकर्ताले आफ्नो मोबाइलमा ‘ आइएमई पे ’डाउनलोड गरेको हुनुपर्दछ ।

जापानस्थित जुनसुकै क्योदाईकाउन्टरमा नेपालमा पठाउनुपर्ने रकम सहित ‘आइएमई पे’मोबाइल वालेट खाता भएको वालेट नम्बर (फोन नम्बर) प्रदान गरिनेपालको ‘आइएमई पे’मोबाइल वालेट नम्बरमा निःशुल्क पैसा पठाउनसकिने व्यवस्था कम्पनी व्यवस्थापनले मिलाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको