अर्थ संसार, काठमाण्डौं - अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग लड्नका लागि ५० अर्ब अमेरिकी डलर अर्थात करिब ५८ खर्ब नेपाली रुपैयाँ सहयोग गर्ने घाषणा गरेको छ ।
उक्त रकम सरुवा रोगसँग लड्न नसक्ने र कमजोर स्वस्थ्य प्रणाली भएका गरीब मध्यम आय भएका मुलुकहरुले पाउने छन् । विश्वका ७० भन्दा बढी देशमा उक्त भाइरस फैलिएपछि मुद्रा कोषले साहायत घोषणा गरेको हो । भाइरस विरुद्ध लड्न विश्वव्यापी आर्थिक अंगले प्रदान गरेको यो नै पछिल्लो सबैभन्दा ठुलो सहयोग हो ।
यस्तै, संगठनले यो वर्ष कोरोनाका कारण विश्वको अर्थिक वुद्धिदर गत वर्षको भन्दा पनि तल गिरिसकेको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस