Like us!
Follow us!
Connect us!
Watch us!

नेता नेपालबाट प्रमको स्वास्थ्यलाभको कामना

शुक्रबार, २३ फागुन २०७६, १२ : ४५ मा प्रकाशित

नेता नेपालबाट प्रमको स्वास्थ्यलाभको कामना

अर्थ संसार, काठमाण्डौं  - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

यस अघि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णुप्रसाद पौडेलसहित मन्त्रिगण, सांसदसमेत अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीको गत बुधबार अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको