Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको कोरोना फाइरस सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

निशा हुमाँगाई

शुक्रबार, २३ फागुन २०७६, १६ : ३८ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको कोरोना फाइरस सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

अर्थ संसार, काठमाडाैं - सांग्रिला डेभलपमेन्ट बैंक लि.गल्छी शाखाले जनजागरण मा.वि.गल्छी ४ धादिङ्गको प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थी भाइबहिनीहरू र त्यसै विद्यालयका अभिभावकहरूलाई  समेत राखि गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहजीकरण गरेका सांग्रिला डेभलपमेन्ट बैंक लि.गल्छी शाखाको प्रमुख गौरब काफ्ले ले कोरोना भाइरस बाट आफु पनि बचौँ र अरूलाई नी बचाऔँ भन्दै जसका लागि सरसफाई मा विशेष ध्यान दिने,मास्क लगाउने, हातलाई साबुन पानीले धुने, हात नमिलाउने चुम्बन नगर्ने, भिडभाडमा नजाने, नियमीत शारिरीक ब्याम गर्ने, मधपान मासहारीको प्रयोग नगरि भिटामीन सी पाउने अमला, कागती खाने, प्रत्येक आधि घन्टाको अन्तरमा पानि पिउने,बिहान बेलुका घीउको सेवन गर्ने रूघा खोकी ज्वरो आएमा मनोबल नघटाइ तुरून्त नजिकैको स्वास्थ्य चौकीमा जानुपर्ने बताए ।

काफ्लेले पक्कै पनि केहि समयमै यसको औषधी वैज्ञानीकबाट बन्नेछ र यसको किटाणु गर्मी समयमा चाडै नष्ट हुने हुदा कुनै डर भय नलिगी सम्यमताका साथ शरिरलाई यस रोग लाग्न नदिने उपायहरू अवलम्बन गर्न अनुरोध गरे ।

स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमाल ले कोरेना भाइरसको सङक्रमणबाट बच्ने उपायहरू बताउँदै घरमा आफनो परिवारलाई समेत सिकेका कुराहरू जानकारी दिन र सामाजिक सन्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरे साथै सामाजिक सन्जालमा त्रास फैलाउने काम नगर्न समेत अनुरोध गरे र गर्ने त्यस्तालाई सरकारले कडा भन्दा कडा कारबाही गर्न समेत अनुरोध गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गल्छी गा.पा.वडा न.४ का वडा अध्यक्ष एवम विधालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका राजु अधिकारी ले सांग्रिला डेभलपमेन्ट बैंकको शाखा गल्छी ले विश्वव्यापी रूपमा फैलिरहेको यो कोराेना भाइरसबाट बच्ने उपायहरूको बारेमा सचेतना कार्यक्रम राखेकोमा धन्यवाद दिँदै उनले अझै ग्रामिण समुदायमा समेत गएर यस खालको सचेतना कार्यक्रम गर्न अनुरोध गरे । बरू त्यसका लागि आफु जुन सुकै किसीमको सहयोग गर्न पछि नपर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

साथै, अधिकारीले सांग्रिला बैंकले सामाजिक उतरदायित्व अन्तर्गत रहेर विभीन्न कामहरू र सेवा गरेको कुरा बिदीतै छ, र गल्छी शाखाले मात्रै नभइ देशैभरिको शाखा कार्यालयहरूले समेत सामाजिक उतरदायित्वका कार्य गरेको कुराको उदाहरणीय रहेको छ र यस बैकले नाफालाई केन्द्र नमानी सेवाभावले काम गरेको छ यस बैकको प्रगतिको समेत शुभकामना दिन चाहन्छु भने । र कोरोना फाइरसबाट त्रसित नभई यसबाट बच्ने विधीहरू अवलम्बन गरौँ र गराउ भनी अनुरोध समेत गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको