अर्थ संसार, काठमाडौं-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्न खोज्ने माथि कारवाही गर्ने चेतावनी दिनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँले अत्यावश्यक वस्तुको अभाव नहुने जानकारी दिँदै कृत्रिम अभाव सिर्जना गर्ने माथि कारवाही गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले अहिले बजार अनुगमन एकीकृतरूपमा गरिएको छ । अपुग जनशक्ति अझै थप्ने तयारी छ ।”
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले कोरोनाको प्रभाव पर्न नदिन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । उपभोक्ता संरक्षण परिषद्का सदस्य प्रेमलाल महर्जनले कोरोनाको सङ्क्रमण बारेमा अनावश्यक डर, त्रास र भय नफैलाउन आग्रह गर्नुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस