Like us!
Follow us!
Connect us!
Watch us!

१० वटा कम्पनीले बोलाए साधारणसभा, कुनले कति लाभांश दिदैं ?

अर्थ संसार

मंगलबार, २७ फागुन २०७६, ०८ : ०५ मा प्रकाशित

१० वटा कम्पनीले बोलाए साधारणसभा, कुनले कति लाभांश दिदैं ?

अर्थ संसार, काठमाडौं–  १० वटा कम्पनीले वार्षिक साधारणसभा बोलाएका छन् ।  कम्पनीले गत वर्षको खुद मुनाफाबाट प्रस्तावित लाभांश सहितको एण्डाहरु पारित गर्दैछन् ।

ङादी ग्रुप पवार लिमिटेड,नेपाल इन्स्योरेन्स कम्पनी, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, अपि पावर कम्पनी, मितेरी डेभलपमेण्ट बैंक, सहयोगी विकास बैंक लिमिटेड, सेञ्चुरी बैंक, बेमी लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साधारणसभा बोलाएका हुन् ।

कुनले कति लाभांश दिदैं ?

ङादी ग्रुप पवार लिमिटेड

ङादी ग्रुप पवार लिमिटेडले छौठौ वार्षिक साधारणसभा फागुन २७ गते विहान १० बजे अकृतभोग, कालिकास्थान, काठमाडौंमा बोलाएको छ । कम्पनीले १० प्रतिशत नगद लाभांश (कर समेत) दिने प्रस्ताव अघि सारेको छ ।  बूक क्लोज फागुन १५ गते गरेको छ ।

किसान माइक्रोफाइनान्स वित्तीय संस्था

किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले विशेष साधारणसभा चैत्र ६ गते, होटल शान्ति लम्कीचुहा १ लम्की, कैलालीमा विहान ११ बजे  बोलाएको छ । कम्पनीले दिव्य लघुवित्तलाई गाभ्ने सम्बन्धमा गरेको साझेदारी पत्रलाई अनुमोदन गर्ने, शेयर आदान प्रदान अनुपात निर्धारण गर्ने प्रस्ताव अघि सारेको छ ।

अपि पावर कम्पनी

अपि पावर कम्पनीले सोह्रौं बार्षिक साधारणसभा चैत्र ७ गते विहान ११ बजे कार्की बैंक्वेट, बबरमहल काठमाण्डौंमा बोलाएको छ । कम्पनीले ५ प्रतिशतका दरले बोनस शेयर (कर बाहेक) र १ बराबर शून्य दशमलव ४७ को अनुपामा हकप्रद प्रस्ताव अघि सारेको छ । बुक क्लोज चैत्र १ गते गरेको छ ।

मितेरी डेभलपमेण्ट बैंक

मितेरी डेभलपमेण्ट बैंकको चौधौं वार्षिक साधारणसभा चैत्र ८ गते, विहान ९ बजे गोर्खा किचन धरान ८ सुनसरीमा बोलाएको छ । कम्पनीले १८ दशमलव ५२५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९७५ प्रतिशत नगद लाभांश प्रस्तव अघि सारेको छ । बुक क्लोज फागुन २७­चैत्र ८ गते गरेको छ । 

सहयोगी विकास बैंक लिमिटेड

सहयोगी विकास बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारणसभा चैत्र १० गते होटल मनकी इन्टरनेशनल प्रालि, जनकपुरमधाममा दिउँसो १ बजे बोलाएको छ । कम्पनीले १८ दशमलव ७२१५ प्रतिशत नगद लाभांश (कर समते) प्रस्ताव अघि सारेको छ ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले नवौं बार्षिक साधारणसभा चैत्र १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा विहान ११ बजे बोलाएको छ । कम्पनीले २ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ दशमलव ७५ प्रतिशत नगद लाभांश प्रस्ताव अघि सारेको छ ।  बुक क्लोज फागुन ३० गते गरेको छ ।

बेमी लघुवित्त वित्तीय संस्था

बेमी लघुवित्त वित्तीय संस्थाले आठौं बार्षिक साधारणसभा चैत्र १६ गते जुगल होटल सभाहल, धुलिखेलमा बिहान ११ बजे बोलाएको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव अघि सारेको छ । बुक क्लोज फागुन ३०­चैत्र १६ गते गरेको छ ।

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले सातौं बार्षिक साधारणसभा चैत्र २२ गते विहान ११ बजे ओम अध्याय रिट्रिट रिसोर्ट बज्रबाराही, कमवानपुरमा बोलाएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव अघि सारेको छ । बुक क्लोज चैत्र ४ गते गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पाँचौं बार्षिक साधारणसभा अमृतभोग कालिकास्थान, डिल्लीबजारमा चैत्र १० गते दिउँसो १ बजे बोलाएको छ । कम्पनीले संयुक्त मर्जर तथा एक्विजिसन प्रस्ताव अघि सारेको छ । बुक क्लोज चैत्र ३ गते गरेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी

नेपाल इन्स्योरेन्स कम्पनीले ७१ औं बार्षिक साधारणसभा चैत्र २१ गते एयरपोर्ट होटल सिनामङ्गलमा विहान ११ बजे बोलाएको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरेको छ । बुक क्लोज चैत्र ४­२१ गते गरेको छ ।

यो पनि पढ्नुहोस्

IGI को AGM : संचालक र व्यवस्थापनमाथि खनिय शेयरधनी, कसले के भने ? (भिडियोसहित) 

आज र भोली शेयर बजार बन्द हुने 

लैंगिक समानता र स्वतन्त्रताको अर्थ पुरूषले बच्चा जन्माउनु पर्छ भन्ने हो र ? 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको