Like us!
Follow us!
Connect us!
Watch us!

राज्यलाई फाइदा हुने काम गर्दा म माथि षडयन्त्र भयो :गोकुल बाँस्कोटा

भुबी पनेरू

आइतबार, २५ फागुन २०७६, १६ : १३ मा प्रकाशित

राज्यलाई फाइदा हुने काम गर्दा म माथि षडयन्त्र भयो :गोकुल बाँस्कोटा

अर्थ संसार काठमाडौं-पुर्ब सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने कुनै कार्य नभएको दाबी गरेको छन् ।

उनले सेक्युरिटी प्रेस खरिदमा शक्ति केन्द्रको स्वार्थ पूरा नभएपछि आफूविरुद्ध नियोजितरुपमा अडियो सार्वजनिक गरेर बदनाम गराउने काम गरेको बताएका हुन् ।

सातवटा मन्त्रालयका सह सचिव र निर्देशकसहितको नौ सदस्यीय समितिले बुझाएको प्रतिवेदनका आधारमा सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि बढाइएको बताउँदैं उनले समितिले निकालेको अनुमानित लागतभन्दा १० अर्ब रुपियाँ कममा खरिद गर्न लाग्दा शक्ति केन्द्रहरुले चलखेल गरेको बताए ।

बाँस्कोटाले समितिले प्रेस खरिद गर्नको लागि ३३ अर्ब लागत अनुमनसहितको प्रतिवेदन बुझाएपनि आफूले २३ अर्बमा प्रेस खरिद गर्ने प्रक्रिया अगाडि बढाएको बताए ।

उनले भने, “मैले गलत काम गरेको छैन, राष्ट्रलाई घाटा हुने कुनै निर्णय गरेको छैन, राज्यलाई फाइदा हुने काम गर्दा म माथि षडयन्त्र भयो ।”

“म देश बनाउन आएको हो, गलत नियत केहीपनि थिएन र छैन बाँस्कोटाले भने, मेरो बोली छुच्चो होला तर नियत सफा छ ।”

अडियो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नियोजित षडयन्त्र भएको भन्दै बाँस्कोटाको बचाउ गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको