Like us!
Follow us!
Connect us!
Watch us!

ऐतिहासिक धरहराकाे नयाँ स्वरूप पुनः निर्माण कार्य तीव्र रूपमा अगाडी बढ्दै

भुबी पनेरू

मंगलबार, २७ फागुन २०७६, ११ : ५९ मा प्रकाशित

ऐतिहासिक धरहराकाे नयाँ स्वरूप पुनः निर्माण कार्य तीव्र रूपमा अगाडी बढ्दै

अर्थ संसार, काठमाडौं- ०७२ सालकाे विनासकारी  भूकम्पले ध्वस्त बनाएकाे ऐतिहासिक धरहराकाे नयाँ स्वरूप निर्माण कार्य तीव्र रूपमा अगाडी बढी रहेकाे छ ।

नौ तलाको काम जारी रहेको र हालसम्मको ३३ प्रतिशत निर्माण सम्पन्न भएकाे राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी गराउनुभयो ।विसं २०७७ असोज महिना भित्रमा निर्माण  कार्य सम्पन्न गर्ने मानन्धरले भन्नु भयाे।

उहाँका अनुसार धरहरामा हालसम्म रु ८५ करोड खर्च भइसकेकाे छ । दुई वर्षमा सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले पुनःनिर्माणको जिम्मा पाएको थियो । जम्मा रु ३ अर्ब ४८ करोड खर्च हुने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट  गत वर्ष धरहरा पुनःनिर्माणको शिलान्यास भएको थियो । दैनिक १५० कामदार निर्माणमा खटिएका छन् ।

 नयाँ तिरकाले बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । दुईवटा लिफ्ट पनि बन्ने छन् । साथै एउटा परम्परागत भर्याङ रहने बताइएकाे  छ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ ।

४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिने भए तापनि भित्र भने २२ तला रहनेछन् । यसकाे कुल उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।

बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछन् ।

बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र  व्यवस्थित सवारी साधनको पार्किङ काे व्यवस्था गरीने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको