Like us!
Follow us!
Connect us!
Watch us!

जति बढी विद्युत उपभोग गर्‍यो, उति नै कम महसुल लाग्ने

भुबी पनेरू

मंगलबार, २७ फागुन २०७६, १२ : ४९ मा प्रकाशित

जति बढी विद्युत उपभोग गर्‍यो, उति नै कम महसुल लाग्ने

अर्थ संसार, काठमाडौं– नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल दरमा परिवर्तन गर्ने निर्णय गरको छ।याे निर्णय प्राधिकरण सञ्चाक समितिको हो।

उपभोक्ताले जति बढी विद्युत उपभोग गर्‍यो, उति कम महसुल लाग्ने गरी दर निर्धारण गरिएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएका छन्। यस्ताे व्यवस्था तागू भएसँगै उपभोक्ताले बढी भन्दा बढी विद्युत खपत गर्ने प्राधिकरणको विश्वास छ।

प्रबन्धक निर्देशक घिसिङ भन्छन्, 'अब विद्युत खपत गर्न नडराउनुस उपभोक्ताले जति बढी विद्युत खपत गर्छन्, उति नै सस्तो शुल्क तिर्नु पर्नेछ।' स्वदेश मै विद्युत उत्पादन हुने भएपछि जनतालाई निर्धक्क रुपमा विद्युत खपत गर्न उनकाे आग्रह छ। गार्हस्थ्य उपभोक्तालाई विद्युत खपत बढी गराउन प्रेरित गर्ने गरी नयाँ महसुल दर तय गर्न लागिएको घिसिङले बताए।

प्राधिकरणको हालको विद्युत महसुल दर अनुसार उपभोक्ताले जति बढी विद्युत महसुल उपभोग गर्‍यो, उति महँगो दर हुने व्यवस्था छ। आउँदो वर्षदखि बर्षायाममा खपत भन्दा बढी विद्युत उत्पादन हुने अनुमानसहित प्राधिकरणले विद्युत खपत बढाउने योजना गरेको ।

यस्तै, प्राधिकरणले घरायसी उपभोक्ताका लागि ० देखि १०, ११ देखि २०, २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १ सय, १ सय १ देखि १ सय ५० र १ सय ५० देखि २ सय र २ सयदेखि ४ सय युनिटसम्म विद्युत खपत गर्नेलाई वर्गीकरण गरी नयाँ शुल्क निर्धारणको सिफारिस गरेको हो।

नेपालमा हाल १० युनिटसम्म विद्युत खपत गर्नेको संख्या करिब दश लाख रहेको प्राधिकरणकाे ठम्याइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको