Like us!
Follow us!
Connect us!
Watch us!

चिनियाँ राष्ट्रपति सी जिन्पिङ कोरोना संक्रमितस्थल वुहान पहिलो पटक पुगे

भुबी पनेरू

मंगलबार, २७ फागुन २०७६, १४ : ०३ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिन्पिङ कोरोना  संक्रमितस्थल  वुहान  पहिलो पटक पुगे

अर्थ संसार, काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङ कोरोना भाइरसको सक्रमितस्थल हुपेइ प्रान्तको वुहान शहर पहिलोपटक पुगेका छन् ।

मंगलबार सी वुहान पुगे पछि हुवोसेनस्याङ अस्पतालमा पुगेको सिन्ह्वाले जनाएको छ। ‘सी कोरोना भाइरसको उद्गमस्थल नै पुग्नुले चीनले कोरोनको आपतकालीन अवस्था टर्ने संकेत दिएको बिश्लेषण गर्न सकिन्छ।’

वुहानमा सबैभन्दा बढी मानिस कोरोनाबाट मरेका छन् र संक्रमित बनेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले उक्त अस्पतालमा चिकित्सकहरुले कोरोना संक्रमितलाई कसरी उपचार गरिरहेका छन् भन्नेबारे जानकारी लिएका हून्।

उनले कोरोनाको उपचार र सहायतामा खटेका चिकित्सक, सेना, समाजसेवी र प्रहरी अधिकारीसँग कोरोनाको रोकथामबारे छलफल  गरे र कोरोना रोकथाम गर्न सफल भएकोमा धन्यवाद दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको