Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड—१९को आशंका देखिएमा आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने : सरकार

भुबी पनेरू

मंगलबार, २७ फागुन २०७६, १६ : १४ मा प्रकाशित

कोभिड—१९को आशंका देखिएमा आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने : सरकार

अर्थ संसार, काठमाण्डौं - कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझाउने क्रममा मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी नराख्ने बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने ढकालले बताए। काेराेनाका लक्षण देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने उनले बताए।

उनले भने कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिने र ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरिपाटी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने छ।

‘विभिन्न ८ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश हुन्छ । १४ दिन क्वारन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ’, उनले भने, ‘क्वारेन्टाइन भन्ने वित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ। अब आफैँ क्वारेन्टाइनमा बस्नुपर्छ । डब्ल्युएचओको मापदण्डभित्र बस्नुपर्‍यो। दिनैपिच्छे ज्वरो नाप्न सकिन्नछ।’

विमानस्थल, भारतीय सीमा नाकाहरुमा स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्नुका साथै भाइरस संक्रमित देशबाट नेपाल आउने जो कोहीलाई क्वारेन्टाइन्मा राख्ने व्यवस्थाले मात्रै संक्रमण नफैलने सुनिश्चितता गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटाले भने।

सरकारले संक्रमीत मुलुकबाट आउने यात्रुहरुलाई भिसा-अन-अराइभल राेकेकाे छ र आगमनमा कडाइ गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएकाे छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको