Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

भुबी पनेरू

बुधबार, २८ फागुन २०७६, १० : ३१ मा प्रकाशित

पूर्वसूचना तथा  सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको  घरमा  बम विस्फोट

अर्थ संसार, काठमाडौं –पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थली स्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।

मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बुधबार बिहान  बिस्फोट भएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ।

विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन्। बम विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ।

घटनास्थलमा रहेका एसपी सविन प्रधानका अनुसार पूर्वमन्त्री बाँस्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घरमा विष्फोट भएको हो । उनले भने, ‘पूर्वमन्त्रीज्यूको लोकन्थलीस्थित निर्माणाधीन घरको कमाउन्ट वालमा विष्फोट भएको छ । विष्फोटबाट वालमा थोरै क्षति पुगेको छ । घरको शिशाहरु फुटेको छ । छेउको घरमा पनि सामान्य क्षति भएको छ । कसले घटना घटायो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौ ।’

बाँस्कोटाको घरमा मंगलबार दिनभर प्रहरीले सुरक्षा गरेको थियो। तर बुधबार बिहानै प्रहरी नभएको मौका पारेर बम विस्फोट गराइएको हो।

बम बिस्फोट कसले गराएकाे हाे भन्रे बारे  अहिलेसम्म केही खुल्न सकेको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको