Like us!
Follow us!
Connect us!
Watch us!

एसबीआई बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन

सराेज खनाल

बुधबार, २८ फागुन २०७६, ११ : ०७ मा प्रकाशित

एसबीआई बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – नेपाल एसबीआई बैंकको ऋणपत्र भर्ने आज बुधबार (फागुन २८ गते) अन्तिम दिन रहेकाे छ। बैंकका अनुसार बुधबार कार्यालय समयभित्र मात्र आवेदन दिन सकिनेछ ।

बैंकले माघ २८ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १० लाख इकाई सर्वसाधारणले भर्न पाउनेछन् । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा संघसंस्थालाई बिक्री गर्नेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।
 

यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१०% नेपाल एसबीआई डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यपिटलले गरेको छ । इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको छ ।

पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको