Like us!
Follow us!
Connect us!
Watch us!

गोकुलप्रसाद बाँस्कोटाको घर बाहिर बिस्फोट गराएको आशंकामा एक जना पक्राउ

भुबी पनेरू

बुधबार, २८ फागुन २०७६, १३ : १५ मा प्रकाशित

गोकुलप्रसाद बाँस्कोटाको घर बाहिर बिस्फोट गराएको आशंकामा एक जना पक्राउ

पूर्वमन्त्री एवं नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाको भक्तपुर लोकन्थलीमा रहेको घर बाहिर बिस्फोट गराएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बाँस्कोटाको घरमा कुकर बम विस्फोट गराएको आशंकामा मनोहरा सुकुम्बासी बस्तीबाट अन्दाजी ५० वर्षका देव गुरुङलाई महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार गुरुङमाथि प्रारम्भिक बयान लिने काम भइरहेको छ।
बुधबार बिहान ७ बजेर ४० मिनेट जाँदा बाँस्कोटाको घर नजिक बम विस्फोट भएको थियो। विस्फोट गराउन प्रयोग गरिएको रिमोट घटनास्थलबाट करिब १० मिटरको दूरीमा भेटिएको प्रहरीले जनाएको छ। त्यस्तै घटनास्थलमा चन्द समूहले बाँस्कोटाको घरमा विस्फोट गराएको स्वीकारोक्तिसहितको पर्चा भेटिएको प्रहरीले जनाएकाे छ।
विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा  पनि सामान्य क्षति पुगेको छ भने बाँस्कोटाको घर अगाडि रहेको एउटा भ्यानमा पनि विस्फोटबाट क्षति पुगेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको