Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाले बुधबार ओलीलाई भेटिन्

भुबी पनेरू

बुधबार, २८ फागुन २०७६, १५ : २८ मा प्रकाशित

प्रधानमन्त्रीओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाले बुधबार ओलीलाई भेटिन्

अर्थ संसार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाले बुधबार ओलीलाई भेटेकी छिन् । ‘लिभर आईसीयू’ मा गएर समीक्षाले  प्रधानमन्त्री ओलीलाई दिउँसाे ३ बजे भेटेकी हुन् ।

भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । जवापफमा प्रधानमन्त्री ओलीले आफ्‍नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् ।
फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको र बुधबार आफैंले दाह्री काटेको प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षाको स्वास्थ्य अवस्थामा पनि उल्लेख्य सुधार आएको छ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको