Like us!
Follow us!
Connect us!
Watch us!

शिकारीले दुई जिराफ मारिदिए पछि विश्वमा सेताे जिराफ एउटा मात्र बाकी

भुबी पनेरू

बुधबार, २८ फागुन २०७६, १५ : २८ मा प्रकाशित

शिकारीले दुई जिराफ मारिदिए पछि विश्वमा सेताे  जिराफ एउटा मात्र बाकी

अर्थ संसार, काठमाडौं– विश्वमा केबल ३ वटाको संख्यामा रहेका सेता प्रजातिका जिराफमध्ये शिकारीले दुई जिराफ मारिदिए पछि अब जम्मा एउटा मात्र भाले जिराफ बचेकाे  छ ।

शिकारीले मारेका दुई सेता जिराफको कंकाल केन्याको गरिसा शहरनजिक फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  


मारिएका जिराफहरु यसअघि तीन महिनाअघि मात्र देखा परेको स्थानीय इशाकबिनी हिरोला आरक्षले जनाएको छ । जिराफ मार्नेहरुको पहिचान र उनीहरुको उद्देश्यबारे केही स्पष्ट नभइसकेको जनाइएको छ ।

सेतो प्रजातिका जिराफ केन्यामा मात्र पाइन्छन् । केन्याली अधिकारीले जिराफ मारिएको घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । सन् २०१७ मा जिराफका तस्बीर सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चित भएका थिए ।

केही बर्षयता विश्वभर जिराफको संख्या धेरै घटेको देखिन्छ । ३० वर्षअघि विश्वभर जिराफको संख्या १ लाख ५५ हजार रहेकोमा अहिले विश्वभर जिराफहरु ९७ हजारको संख्यामा मात्र छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको