Like us!
Follow us!
Connect us!
Watch us!

कैलाश र प्राइम बैंकको एकीकृत कारोबार आजबाट

अर्थ संसार

विहीबार, २९ फागुन २०७६, ०८ : ४३ मा प्रकाशित

कैलाश  र  प्राइम बैंकको  एकीकृत कारोबार आजबाट

अर्थ संसार, काठमाडौं - कैलाश विकास बैंकलाई प्राप्तिपछि प्राइम कमर्सियल बैंक लिमिटेडको नाममा आज बिहीबारदेखि एकीकृत कारोबार सुरु हुने भएको छ।

नेपाल राष्ट्र बैंकले कैलाशलाई प्राप्ति गर्न प्राइमलाई अन्तिम स्वीकृति दिएसँगै एकीकृत कारोबार सुरु हुने भएको हो। बैंकको मुख्य कार्यालय भने काठमाण्डौको कमलपोखरीमा हुनेछ। 

प्राइमले कैलाश बैंकलाई १००ः९४ हाराहारीको सेयर स्वाप रेसियोमा गाभ्ने गरी असोज १५ गते प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

यी दुवै बैंकको पुस २५ गते सम्पन्न साधारणसभाले आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरी अन्तिम स्वीकृतिका लागि राष्ट्रबैंकसँग माग गरेका थिए। आवश्यक सबै प्रक्रिया पूरा भएका कारण प्राइमलाई कैलाशलाई प्राप्तिको अन्तिम अनुमति दिइएको राष्ट्रबैंकले जनाएको छ।

कैलाशको प्राप्तिपछि प्राइम बैंकको चुक्तापुँजी १३ अर्ब ९५ करोडको उचाईमा पुग्नेछ। बैंकको पुँजी कोष १९ अर्ब, निक्षेप १ खर्ब २८ अर्ब र कर्जा १ खर्ब १५ अर्ब रुपैयाँको उचाईमा पुग्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको