Like us!
Follow us!
Connect us!
Watch us!

आज राप्रपाका तीन अध्यक्षको पद बहाली  हुदै

भुबी पनेरू

विहीबार, २९ फागुन २०७६, ११ : २८ मा प्रकाशित

आज राप्रपाका  तीन अध्यक्षको पद बहाली  हुदै

अर्थ संसार, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षको पद बहाली बिहीबार हुने भएको छ ।

बिहीबार दिउँसो १ बजे औपचारिक कार्यक्रमको आयोजना गरी अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा, डा प्रकाशचन्द्र लोहनीले पद बहाली गर्ने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।


चावहिल स्थित राप्रपाको कार्यालय चारुमति बिहानमा हुने भएकाे । एकता प्रक्रियाका सम्पूर्ण काम धुम्बाराहीस्थित राप्रपा कार्यालयमा सम्पन्न गरेका राप्रपाका नेताहरुले अबको कार्यालय चारुमति बिहानमा सार्ने भएका हुन् । 

बुधबार पार्टी एकता घोषणा गर्दै दुई राप्रपाले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म, साक्षेप हिन्दूराष्ट्र र साझा संस्थाको रूपमा राजसंस्था सहितको प्रजातन्त्र उल्लेख भएकाे आधारपत्र आदानप्रदान गरेका हुन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको