अर्थ संसार काठमाडाैं-विश्वमा महामारीकाे रूपिलीइ रहेकाे कोरोना भाइरस संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार शुरु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालमा ६ जनाको उपचार शुरु गरिएको हो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरसको आशंका ६ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिए ।
आइसोलेसनमा राखिएका मध्ये ४ जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको देवकोटाले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस