Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण कार्यक्रम कोरोना भाइरसका कारण स्थगित

भुबी पनेरू

विहीबार, २९ फागुन २०७६, १५ : २५ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण कार्यक्रम कोरोना भाइरसका कारण स्थगित

अर्थ संसार, काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण कार्यक्रम कोरोना भाइरसका कारण स्थगित भएको छ। पारस्परिक भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी चैत ९ गते ढाका पुग्ने कार्यक्रम रहेकाे थियो।

बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको एक सयौं जन्मदिनको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने सिलसिलामा उनी बंगलादेश जान लागेकी थिइन्।

‘कोरोनाका कारण राष्ट्रपतिको मार्च २२ देखि हुने तय भएकाे ३ दिने बंगलादेश भ्रमण स्थगित भएको छ,’ बंगलादेशका लागि नेपाली राजदूत बंशीधर मिश्रले बताए, ‘राष्ट्रपतिज्यू बंगलादेशका राष्ट्रपति शेख मुजिबुर रहमानको कार्यक्रममा सहभागी हुने र बंगलादेशको संसदलाई सम्बोधन गर्ने कार्यक्रम थियो। कोरोना प्रकोप सकिएपछि भ्रमणको नयाँ मिति तय हुनेछ।’

बंगलादेशका राष्ट्रपिता रहमानको सयौं जन्मजयन्तीका दिन चैत ४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथि बनाएर मुख्य कार्यक्रम गर्ने तयारी गरिएकाे थियो।

बंगलादेश र भारतका अधिकारीहरुले कोरोनाका कारण सो कार्यक्रम पनि स्थगित भएको जनाएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथि बनाउने योजनाको विरोधमा बंगलादेशमा ठूलो विरोध प्रदर्शन पनि भएको थियो।


राजदूत मिश्रले बंगलादेश र नेपालबीच उच्चस्तरीय भ्रमणका लागि दुवै पक्षले काम गरिरहेको बताए।

‘पछिल्लो ५ महिनामा नेपाल र बंगलादेशबीच भ्रमणको आदान प्रदानले तीब्रता पाएको छ,’ राजदूत मिश्रले भने, ‘यस अवधिमा सम्बन्धमा  सुधार देखिएको छ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको