Like us!
Follow us!
Connect us!
Watch us!

कुन राशीका परीक्षार्थीले सरस्वतीलाई के चढाउँदा राम्राे अंक प्राप्त हुन्छ ?

भुबी पनेरू

विहीबार, २९ फागुन २०७६, १६ : २२ मा प्रकाशित

कुन राशीका परीक्षार्थीले सरस्वतीलाई के चढाउँदा राम्राे अंक प्राप्त हुन्छ ?

अर्थ संसार, काठमाडौं–अधिकाशं विद्यार्थीहरू परीक्षाको तयारीमा लागि रहेका छन्। कतिपय शैक्षिक संस्थामा त परीक्षा शुरु भइसकेकाे अबस्था छ ।

तर फाइनल परीक्षा नजिकिन्छ गर्दा अधिकाशं विद्यार्थीमा एक किसिमको भय रहने गरेको देखिन्छ । परीक्षामा राम्रो अंक प्राप्त गर्न धेरैले देवी सरस्वतीको प्रार्थना गर्दछन् ।


हिन्दु धर्म शास्त्र अनुसार यो तरिका प्रचलित छ । तसर्थ कुन राशीका परीक्षार्थीले सरस्वतीलाई के चढाउँदा यस पटकको फाइनल परीक्षामा राम्रो अंक प्राप्त हुन्छ त ?

१. मेष राशी
मेष राशीका विद्यार्थीले देवी सरस्वतीलाई बेसनको लड्डु अर्पण गर्नुपर्दछ । यी राशीका जातक परीक्षा आउनु अगावैबाट धेरै डराउने स्वभावका रहने भएकाले संयम रहनुहोला ।

२. वृष राशी
वृष राशीका विद्यार्थीले देवी सरस्वतीलाई बर्फी मिठाई अर्पण गर्नुपर्दछ । यी राशीका जातकमा परीक्षाको डर क्षणिक मात्र हुने भए पनि अध्ययनमा भने विशेष रुचि दिनुहोला ।

३. मिथुन राशी
मिथुन राशीका विद्यार्थीले देवी सरस्वतीलाई हरियो धागो अर्पण गरी धारण गर्नुपर्दछ । परीक्षामा राम्रो नतिजा ल्याउन पिस्ता र अम्बक पनि अर्पण गर्न सकिन्छ ।

४. कर्कट राशी
कर्कट राशीका विद्यार्थीले देवी सरस्वतीलाई दूधबाट बनेका मिठाई र किसमिस अर्पण गर्नुपर्दछ । यस राशीका जातकमा परीक्षाको भय नहुने भएकाले पढाइमा ध्यान कम जान्छ ।

५. सिंह राशी
सिंह राशीका विद्यार्थीले देवी सरस्वतीलाई अनार अर्पण गरी त्यसैलाई प्रसादको रुपमा ग्रहण गर्नुपर्दछ । यस राशीका जातकलाई परीक्षामा भन्दा पनि नतिजाका बेला डर हुने गर्दछ ।

६. कन्या राशी
कन्या राशीका विद्यार्थीले देवी सरस्वतीलाई मख्खन र मिश्री अर्पण गरी त्यसैलाई प्रसादका रुपमा ग्रहण गर्नुपर्दछ । पढ्ने शैलीमा सुधार गरी पढ्न खोजेपनि अध्ययनमा मन जादैन ।

७. तुला राशी
तुला राशीका विद्यार्थीले देवी सरस्वतीलाई रसवरी र काजू अर्पण गर्नुपर्दछ । पढाईमा मन नजाने यस राशीका जातकले मेहनत गरेको खण्डमा राम्रो नतिजा प्राप्त गर्न सक्दछन् ।

८. वृश्चिक राशी
वृश्चिक राशीका विद्यार्थीले देवी सरस्वतीको नियमित पुजा गरी खराब बानि सबै त्याग्नु पर्दछ । दैनिक एक चमच मह खाएर परीक्षा दिएमा राम्रो अंक प्राप्त हुन्छ ।

९. धनु राशी
धनु राशीका विद्यार्थीले देवी सरस्वतीलाई बदाम र मिश्री अर्पण गरी प्रसादका रुपमा ग्रहण गर्नु पर्दछ । यस राशीका जातकलाई पढाईमा रुचि नहुने भए हदै रुचि हुने गर्दछ ।

१०. मकर राशी
मकर राशीका विद्यार्थीले देवी सरस्वतीलाई तुलसीको जरा अर्पण गरी धारण गर्नुपर्दछ । यस राशीका जातकलाई अध्ययनमा मन नलाग्ने भएकाले तुलसीको पात र मह खानु पर्दछ ।

११. कुम्भ राशी
कुम्भ राशीका विद्यार्थीले देवी सरस्वतीलाई बर्फी लगायतका गुलिया मिठाई अर्पण गर्नुपर्दछ । यस राशीका जातकलाई रुचि नभएको बेला अध्ययन गर्न सक्दैनन् ।

१२. मीन राशी
मीन राशीका विद्यार्थीले देवी सरस्वतीलाई दैनिक पान अर्पण गरी प्रसादका रुपमा ग्रहण गर्नुपर्छ । यस राशीका जातकलाई परीक्षाको चिन्ता भन्दा पनि श्रेणीको चाहना हुने गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको