Like us!
Follow us!
Connect us!
Watch us!

धनुषामा अत्यधिक मदिरा सेवनले लियाे ६ जनाको ज्यान

भुबी पनेरू

शुक्रबार, ३० फागुन २०७६, ११ : ३९ मा प्रकाशित

धनुषामा अत्यधिक मदिरा सेवनले लियाे ६ जनाको ज्यान

अर्थ संसार, काठमाडौं- अत्यधिक मदिरा सेवनका कारण धनुषामा ६ जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा पाँच जना र औरही गाउँपालिका २ परवाहा टोलमा एक जनाको ज्यान गएको हो ।


ज्यान गुमाउनेमा रमदैयाका राजु महरा, रामनारायण महरा, गुदरी महरा, बिलास मण्डल, ब्रम्हदेव यादव र परवाहाका गिरिजानन्द झा रहेका छन् ।

अत्याधिक मदिरा सेवन गरेका कारण उनीहरुको ज्यान गएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक  पप्पु नायकले जानका छन् ।

उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा परवाहाका गिरिजानन्द झाको निधन भएको छ । यस बारेमा थप अनुसन्धान भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको