Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाको वृद्धि भएसँगै बढ्याे बैंकिङ अपराध

शुक्रबार, ३० फागुन २०७६, १२ : १६ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाको वृद्धि भएसँगै  बढ्याे  बैंकिङ अपराध

अर्थ संसार, काठमाण्डौं - दाङमा पछिल्लो समय बैंकिङ अपराधका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बैंकिङ कसूर र कम्पनीसम्बन्धी विवादका मुद्दाको चाप छन् । “विगतमा बैंकिङ कसूरका घटना धेरै थिएनन्”, जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत राजन गौतमले भने, “तर पछिल्ला वर्षमा बढ्दै जान थालेका छन् ।” उनका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को हालसम्म आठ वटा मुद्दा दर्ता भएका छन् । 

मुद्दा दर्ता भएका बैंकिङ अपराधका घटनामध्ये करिब ९० प्रतिशत व्यक्ति पक्राउ परिसकेको उनको भनाइ छ । केही व्यक्ति भने फरार रहेको उनको भनाइ थियो । शहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको वृद्धि भएसँगै यससम्बन्धी मुद्दा पनि बढ्दै जान थालेको उनको भनाइ छ । 

त्यस्तै, विश्वासका रुपमा लिएको चेकमा समेत बेइमानी बढेका कारण यस्ता घटना बढ्दै जान थालेका गौतमले बताए । उनका अनुसार दाङमा गत आव २०७५/०७६ मा ११ वटा बैंकिङ अपराधका घटनाका मुद्दा दर्ता भएका थिए । 

त्यसैगरी, जुनसुकै तह तप्काका मानिस पनि चेक बाउन्सका घटनामा संलग्न भएको उनको भनाइ छ । आर्थिक कारोवार गर्दा सबै सचेत हुने दिन आएको उनको भनाइ छ । प्रहरीले चेक बाउन्सको उजुरी परेपछि दुवै पक्षलाई बोलाएर छलफल गराएर मिल्ने समयसमेत दिँदै आएको प्रहरी निरीक्षक गौतमले बताउनुभयो । पीडित र पीडक पक्ष नमिलेको खण्डमा मात्र प्रहरीले पीडित पक्षको उजुरी लिने गरेको जानकारी दिए । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको