Like us!
Follow us!
Connect us!
Watch us!

सातवटै प्रदेशमा आईसीयू र आईसोलेसन सहितको विशेष पूर्वाधार निर्माण गर्ने  निर्णय

भुबी पनेरू

शुक्रबार, ३० फागुन २०७६, १२ : ३३ मा प्रकाशित

सातवटै प्रदेशमा आईसीयू र आईसोलेसन सहितको विशेष पूर्वाधार निर्माण गर्ने  निर्णय

अर्थ संसार, काठमाडौं- कोरोना संक्रमितको उपचारका लागि सरकारले सातवटै प्रदेशमा आईसीयू र आईसोलेसनसहितको विशेष पूर्वाधार निर्माण गर्ने  निर्णय गरेकाे छ ।

उपप्रधान तथा रक्षा मन्त्रीईश्वर पोखरेलको नेतृत्वमा गठित उच्च स्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि प्रत्येक प्रदेशका कम्तीमा १/१ वटा रहने गरी आईसीयू र आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार निर्माण गर्ने भएकाे हो ।

यसका लागि विस्तृत प्रस्ताव तयार पार्न समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गरेकाे छ ।

मन्त्रालयले तयार पारेको प्रस्ताव समितिको अर्को बैठकमा पेस ग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

समितिले त्यसका लागिआवश्यक पर्ने बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको रोकथाम, निदान र उपचारका लागि आवश्यक पर्ने आईसीयू तथा आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार विकास गर्न विस्तृत प्रस्ताव तयार पारी समितिको अर्को बैठकमा पेस गर्ने । काठमाडौं उपत्यकामा आवश्यक संख्यामा र हरेक प्रदेशमा कम्तीमा एक–एक वटाकाे व्यवस्था गरिने र यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था अर्थ मन्त्रालयले गर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको