Like us!
Follow us!
Connect us!
Watch us!

अष्ट्रेलियाका गृहमन्त्रीमा देखियाे कोरोना संक्रमण

भुबी पनेरू

शुक्रबार, ३० फागुन २०७६, १४ : २५ मा प्रकाशित

अष्ट्रेलियाका गृहमन्त्रीमा देखियाे कोरोना  संक्रमण

अर्थ संसार, काठमाडौं- अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमणको देखिएकाे भएको छ । उनी कोरोना संक्रमित अष्ट्रेलिया सरकारको पहिलो सदस्य हुन् ।

शुक्रबार विहान आफू उठ्दा काेराेनाका लक्षण देखापरेपछि गृहमन्त्री डटनले तुरुन्तै क्वीन्सल्याण्ड स्वास्थ्य विभागमा सम्पर्क गरेर कोरोना भाइरस संक्रमण परीक्षण गराएका थिए ।उनकाे रिपोर्ट पोजेटिभ आएको हो ।


अहिले गृहमन्त्री डटन अस्पताल भर्ना भएका छन् । उनले विज्ञप्ति जारी गरेर आफ्नो अवस्था अहिले ठीक रहेको बताएका छन् ।

मंगलबार मन्त्रिपरिषद बैठकका लागि गृहमन्त्री डटन राजधानी सिड्नी गएका थिए । त्यतिबेला प्रधानमन्त्री स्कट मोरिसन र मन्त्रिपरिषदका अन्य सदस्यसँग बैठक गरेका थिए ।

मार्च महिनाको सुरुमा गृहमन्त्री डटन अमेरिका गएका थिए । त्यँहाबाट घिल्लो हप्ता अष्ट्रेलिया फर्केका उनी कमर्सियल फ्लाइटमार्फत ब्रिसबेन र सिड्नी ओहोरदोहोर गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको