Like us!
Follow us!
Connect us!
Watch us!

सुदूरपश्चिमका एक युवकलाई कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना

भुबी पनेरू

शुक्रबार, ३० फागुन २०७६, १४ : ४४ मा प्रकाशित

सुदूरपश्चिमका एक युवकलाई कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना

अर्थ संसार, काठमाडौं-चीनबाट फर्किएका एक युवकलाइ कोरोना भाइरस संक्रमणको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना गरीएकाे छ।

कैलालीको धनगढीका ती युवक बिहीबार अस्पताल भर्ना भएका थिए ।उनी केही समयअघि मात्र चीनबाट फर्किएका  हुन्।

सेती प्रादेशिक अस्पतालका डा. जगदीशप्रसाद जोशीले ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएपछि अस्पताल पुगेका युवकलाई आइसोलेसन वार्डमा राखिएको छ।

ती युवक हालसालै चीनबाट फर्किएकाले उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा आइसोलेसनमा राखिएको हाे। उनको नमूना संकलन गरी काठमाडौँ पठाउने तयारी भइरहेका डाक्टर जोशीले बताए।

यसअघि पनि चीनबाट फर्किएकासहित गरी सुदूरपश्चिमकै चार जना शंकास्पद लक्षण देखिएर सोही अस्पताल भर्ना भएका थिए। उनीहरुको नमूना परीक्षण पछि , रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको