Like us!
Follow us!
Connect us!
Watch us!

२ लाख रुपैयाँ घुससहित पक्राउ परेका कुर्मीमाथि थप अनुसन्धान जारी

भुबी पनेरू

शुक्रबार, ३० फागुन २०७६, १५ : ४४ मा प्रकाशित

२ लाख रुपैयाँ घुससहित पक्राउ परेका कुर्मीमाथि थप अनुसन्धान जारी

अर्थ संसार, काठमाडौं-  जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा कार्यरत (करार कर्मचारी) विश्वनाथ कुर्मी  २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै मुद्दाका प्रतिवादी पक्षबाट लिएको २ लाख घुससहित दोभाषे चौधरी पक्राउ परेका हुन् ।


पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले कुर्मीलाई कपिलवस्तु नगरपालिका–१ स्थित महामाया प्रेसबाट नियन्त्रणमा लिएको छ ।

घुससहित पक्राउ परेका कुर्मीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको