Like us!
Follow us!
Connect us!
Watch us!

वुहान अस्पतालका डाक्टरले दिएको प्रतिक्रियाले सोशल मिडियामा तस्वीर भाइरल

भुबी पनेरू

शुक्रबार, ३० फागुन २०७६, १६ : ०५ मा प्रकाशित

वुहान अस्पतालका डाक्टरले दिएको प्रतिक्रियाले सोशल मिडियामा तस्वीर भाइरल

अर्थ संसार, काठमाडौं- चीनबाट शुरु भएर विश्वभर फैलिएकोे कोरोना भाइरसको संक्रमण चीनमा भने तीब्र रुपमा कमी आएको छ । गएको डिसेम्बरबाट शुरु भएको यो रोगको संक्रमणबाट गएको चार महिनामा वुहान अस्पतालमा बिरामीको घुँइचाे थियाे ।

वुहान अस्पतालका डाक्टर तथा नर्सहरुले अस्पतालको चाप र मानवीय समवेदनालाई विचार गर्दै दिनरात नभनी बिरामीको उपचारमा लागिपरे । कतिपय डाक्टर तथा नर्सहरुले उपचारकै क्रममा संक्रमित भएर ज्यान पनि गुमाए ।

यसैबीच सोशल मिडियामा अहिले एक तस्वीर भाइरल बनेको छ । तस्वीरमा वुहान अस्पतालमा कोरोना भाइरसका संक्रमित अन्तिम बिरामी डिस्चार्ज भएपछि एक डाक्टरले दिएको प्रतिक्रिया देख्न सकिन्छ ।

अन्तिम बिरामी समेत डिस्चार्ज भएपछि वुहान अस्पतालका डाक्टर शियाँल लाइन्ग राहत महसुश गर्दै बिरामी राख्ने बेडमै लमतन्न परेर सुतेकाे तस्वीरमा देखिन्छ । छेउछाउमा बिरामी राख्ने बेडहरु रित्तै देखिन्छन् । चीनमा गत बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार १६९ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको