Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबारे कार्ययोजना बनाउन सातै प्रदेश सरकारका मुख्यमन्त्री काठमाडौं आउँदै

भुबी पनेरू

आइतबार, ०२ चैत्र २०७६, १२ : ३९ मा प्रकाशित

कोरोनाबारे कार्ययोजना बनाउन सातै प्रदेश सरकारका मुख्यमन्त्री काठमाडौं आउँदै

अर्थ संसार, काठमाडाैं-  संघीय सरकारले नोवल कोरोना (कोभिड–१९) भाइरसबारे कार्ययोजना बनाउन सातै वटै प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई काठमाडौं निम्त्याकाे छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलकाे नेतृत्वमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकका लागि आफूहरूलाई काठमाडौं बोलाएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।


उपप्रधानमन्त्री पोखरेल नेतृत्वको समितिको बैठक आज दिउँसाे १ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारहरूले गरेका कामको प्रगती र नयाँ रणनीतिबारे छलफल हुने बताएकाे छ ।

संघीय सरकारले अहिलेसम्म कसरी काम गरिरहेको छ भन्ने विवरण स्वास्थ्य मन्त्रालयले प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।

३१ डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोनाका कारण ५ हजार ८३९ जनाको ज्यान गइसकेको छ भने १५२ देशमा पुगेको कोरोनाको संकेत १ लाख ५६ हजार ७६६ जनामा देखिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको