Like us!
Follow us!
Connect us!
Watch us!

नाेवल कोरोनासँगै डेंगीसँग पनि सर्तक रहन सरकारकाे आग्रह

भुबी पनेरू

आइतबार, ०२ चैत्र २०७६, १३ : ३५ मा प्रकाशित

नाेवल कोरोनासँगै डेंगीसँग पनि सर्तक रहन सरकारकाे आग्रह

अर्थ संसार, काठमाडौं– गर्मीयाम सुरू भएसँगै डेंगी रोग फैलिएको भन्दै सरकारले सतर्क रहन आम जनतालार्इ आग्रह गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ।

प्रदेश नम्बर १ मा ६ जना, बाग्मती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको हो।

‘ नाेवल कोरोनासँगै डेंगीसँग पनि सर्तक रहन महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सुझाब दिएका छन्।

उनले डेंगीबाट बच्च सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै पानी जमेको खाल्डाखुल्डी पुर्ने र झुलको प्रयोग गर्नुपर्ने बताए।

टेकु सरुवा रोग अस्तपतालका चिकित्सक शेरबहादुर पुन भने अरू भाइरसजस्तो डेंगी खतरा नभएकोले यसबाट आत्तिहाल्नु नपर्ने बताउँछन्।

उनी भन्छन् ‘कसैलाई डेंगीको लक्षण देखिनेवित्तिकै आत्तिनु पर्दैन तर शरीरको भित्री वा बाहिरी भाग कतैबाट पनि रक्तश्राप भयो भने तुरून्त चिकित्सककोमा जचाँउनु जरूरी छ,’ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको