Like us!
Follow us!
Connect us!
Watch us!

राेकियाे अस्ट्रेलिया र न्युजिल्यान्डबीच हुने भनिएकाे एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज

भुबी पनेरू

आइतबार, ०२ चैत्र २०७६, १४ : ०२ मा प्रकाशित

राेकियाे अस्ट्रेलिया र न्युजिल्यान्डबीच हुने भनिएकाे एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज

अर्थ संसार, काठमाडौं–अस्ट्रेलिया र न्युजिल्यान्डबीच हुने भनिएकाे एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज स्थगित भएको छ।

अस्ट्रेलियाकाे सिड्नीमा हुनगइरहेकाे उक्त खेल कोरोना भाइरसको कारण खेल हुन सकेन ।आइतबार घरेलु टोली अस्ट्रेलियाले न्युजिल्यान्डसँग सिड्नी क्रिकेट मैदानमा एकदिवसीय क्रिकेटको दोस्रो खेल खेल्नु पर्ने थियो। 

अस्ट्रेलिया र न्युजिल्यान्डबीचको एकदिवसीय सिरिजको बाँकी रहेको दुई खेल र टि–२० क्रिकेट सिरिज स्थगित भएको हो। पहिलो एकदिवसीय खेलमा भने अस्ट्रेलियाले न्युजिल्यान्डलाई ७१ रनले पराजित गरेको थियो। क्रिकेट अस्ट्रेलियाले एकदिवसीय र टि–२०सिरिजको तालिका न्युजिल्यान्ड क्रिकेटसँग सल्लाह गरेर पछि निकाल्ने जनाएकाे छ।

एकदिवसीय क्रिकेट सिरिज सकेपछि मार्च २४ देखि तीन खेलको टि–२० क्रिकेट सिरिज सुरु हुने तालिका रहेकाे थियो।
 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको