Like us!
Follow us!
Connect us!
Watch us!

संसद भवनको शौचालयबाट प्रचण्डलाइ थप्पड हान्ने पदम कुवँर पक्राउ

भुबी पनेरू

आइतबार, ०२ चैत्र २०७६, १४ : २३ मा प्रकाशित

संसद भवनको  शौचालयबाट प्रचण्डलाइ थप्पड हान्ने पदम कुवँर पक्राउ

अर्थ संसार, काठमाडौं–नेपाल संवत ११३३ को अवसरमा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) लाइ थप्पड हान्ने पदम कुवँर पक्राउ परेका छन् । नयाँ बानेश्वरमा रहेको संसद भवनको गेटमा रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बागलुङका पदम कुँवरलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । वृत वानेश्वरमा डीएसपी दुर्गाराज रेग्मीले शौचालय छिरेका पदमलाई शनिबार राति हिसासतमा राखिएको बताए । “संसद भवनको गेटमै रहेकाे शौचालयमा  उनी गएका रहेछन् ”। मैले छाड्न भनिसकेको छु ।उनले बताएका छन्।

प्रहरी अनुसार पदम शनिबार संसद भवनभित्र पसेका थिए । अबेरसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको बारेमो सोधखोज गरेको थियो । नेताहरुले देश बिगारेको भन्दै  संसद भवन पसेको उनीले प्रतिक्रिया दिएको प्रहरीले नजनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको