Like us!
Follow us!
Connect us!
Watch us!

ठूलो समस्या आउँदा सामग्री अभाव हुने:मुख्यमन्त्री

भुबी पनेरू

आइतबार, ०२ चैत्र २०७६, १५ : ५८ मा प्रकाशित

ठूलो समस्या आउँदा  सामग्री अभाव हुने:मुख्यमन्त्री

अर्थ संसार, काठमाडौं – विश्वभरी महामारीकाे रूपमा फैलिरहकाे कोरोना भाइरसको प्रकोपबारे प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री परिसदकाे छलफल चलिरहेकाे छ । उक्त छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ६ प्रदेशका मुख्यमन्त्री र प्रदेशका सामाजिक विकासमन्त्रीहरुले सहभागिताजनाएका छन् ।

सञ्चारमन्त्री युजराज खतिवडाका अनुसार प्रदेश सरकारले गरेका कोरोनाको पूर्वतयारीका विषयमा मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीहरुले ब्रिफिङ गरिरहेका छन् । उनीहरुले स्वास्थ्य सामग्री भएपनि ठूलो समस्या आउँदा भने सामग्री अभाव हुने बताएका छन् ।

स्वास्थ्य सामग्री केन्द्रबाट लैजानुपर्ने हुनाले खरिदमा भएको जटिलता सहज बनाउन माग गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको