Like us!
Follow us!
Connect us!
Watch us!

भारतले नेपालसँगका प्रमुख ४ बाहेका सबै नाका बन्द गर्ने निर्णय आजदेखि लागु

भुबी पनेरू

आइतबार, ०२ चैत्र २०७६, १६ : २४ मा प्रकाशित

भारतले नेपालसँगका प्रमुख ४ बाहेका सबै नाका बन्द गर्ने निर्णय आजदेखि लागु

अर्थ संसार, काठमाडौं – आइतबारबाट नेपाल भारतका प्रमुुख चार नाका बाहेक सबै नाका बन्द गरिएको छ।  कोरोना संक्रमणको जोखिम बढेको भन्दै भारतले नेपालसँगका प्रमुख ४ बाहेका सबै नाका बन्द गर्न गरिएको निर्णय आजदेखि लागु गरेको छ। 

आइतबार भारतले वीरगन्जको रक्सौल, भैरहवाको सुनौली,  धनगढीको भन्सार र कञ्चनपुरको महेन्द्रनगर स्थित बनबासा र झापाको काँकडभिट्टा बाहेकका सबै नाका बन्द गरेको छ। 

समान ढुवानी भने सबै नाकाबाट यसअघिको ब्यवस्था अनुसार सबै नाकाबाट हुने भनिएकाे छ। भारतको निर्णयले  रोजगारीका लागि भारत र नेपालबाट आउजाउ गर्नेहरु भने प्रभावित हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको