Like us!
Follow us!
Connect us!
Watch us!

१२वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा

भुबी पनेरू

आइतबार, ०२ चैत्र २०७६, १७ : १२ मा प्रकाशित

१२वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा

अर्थ संसार, काठमाडौं –गृह मन्त्रालयले १२वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । 


मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ ।


यस्तै कार्यबहाक जिल्ला प्रमुखका रुपमा बारामा रुद्रप्रसाद पण्डित र गुल्मीमा भरतकुमार शर्माको सरुवा भएको छ । यता अर्जुन भण्डारीलाई सहायक प्रमुख जिल्ला अधिकारी बनाएर मोरङ सरुवा गरिएको छ ।


त्यस्तै अध्यागन विभागमा रमेशकुमार कँडेलको सरुवा भएको छ भने  कारागार व्यवस्थापन विभागमा प्रदिपराज कँडेलको सरुवा भएको हाे । 

5e6e12bbce466.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको