Like us!
Follow us!
Connect us!
Watch us!

डब्लूएचओकाे सचेतना अभियानमा सघाउन प्रियंका र दीपिकालाई अपिल

भुबी पनेरू

सोमबार, ०३ चैत्र २०७६, १० : ४३ मा प्रकाशित

डब्लूएचओकाे   सचेतना अभियानमा सघाउन  प्रियंका  र दीपिकालाई अपिल

अर्थ संसार, काठमाडौं –विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले  कोरोना भाइरसविरुद्धको लडाईमा साथ दिन विश्वका चर्चित कलाकार, खेलाडी र प्रतिष्ठित व्यक्तिलाई अपिल गरेको छ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले सचेतना फैलाएर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा हातेमालोका गर्नआग्रह गरेका हुन्।

यसमा बलिउडका दुई अभिनेत्री हलिउडमा पनि जाेडिएका प्रियंका चोपडा र दीपिका पादुकोणलाई महानिर्देशक एधानोमले डब्लूएचओको 'सेफ ह्याण्ड' अर्थात हात धुने सचेतना अभियानमा सघाउन अपिल गरेका छन्।

महानिर्देशक एधानोमले कोरोनाबाट बच्न सामाजिक सञ्जाल ट्वीटरमा 'सेफ ह्याण्ड' अभियान चलाएका छन्। यो अभियानलाई साथ दिँदै सचेतना फैलाउन उनले प्रियंका र दीपिकालाई मेन्सन गर्दै अनुरोध गरेका छन्। हात धुने अभियान अहिले सामाजिक सञ्जालमा चर्चित बनेदै गएकाे छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको