Like us!
Follow us!
Connect us!
Watch us!

दाङका शंकर गिरी प्रदेश ५ काे रिक्त सांसदमा निर्वाचित

भुबी पनेरू

सोमबार, ०३ चैत्र २०७६, ११ : ०४ मा प्रकाशित

दाङका शंकर गिरी प्रदेश ५ काे रिक्त सांसदमा निर्वाचित

अर्थ संसार, काठमाडौं –प्रदेश ५ मा रिक्त सांसदमा दाङका शंकर गिरी निर्वाचित भएका छन् । विपक्षी दलका नेता समेत रहेका नेपाली कांग्रेसका सांसद बलदेव शर्मा पोख्रेलको निधन भएपछि उक्त स्थान रिक्त रहँदै आएको थियो ।

प्रदेश सभामा समानुपातिकतर्फ एक सदस्य पद रिक्त थियो । रिक्त पदमा नेपाली कांग्रेसको सिफारिसमा गिरीलाई नियुक्त गरिएको हो। निर्वाचन आयोगले गिरीलाई आइतबार निर्वाचित भएको घोषणा गरेको र छिट्टै राजपत्रमा प्रकाशित गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

सभामुखबाट सपथ ग्रहण लिएपछि गिरीले प्रदेशसभामा औपचारिक रुमा प्रवेश गर्ने छन् ।उनले २०७४ सालको चुनावमा प्रदेश सभातर्फ समानुपातिक सूचीमा रहेका थिए भने  उनले २ वर्षपछि मात्र प्रदेश सभामा प्रवेश गर्ने माैका पाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको