Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिने

भुबी पनेरू

सोमबार, ०३ चैत्र २०७६, १२ : ३० मा प्रकाशित

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिने

अर्थ संसार, काठमाडौं –सरकारले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड व्यवस्थापनका लागि एक अर्ब २७ करोड ७३ लाख ३७ हजार रुपैयाँ हस्तान्तरण गरेको छ।

यो रकम सामुदायिक विद्यालयका छात्रालाई प्याड खरिदका लागि वितरण गरिएको हो।

शिक्षा मानवस्रोत विकास केन्द्रले सबै स्थानीय तहका सामुदायिक विद्यालयका छात्रालाई प्याड खरिदका लागि वितरण गरिएको जनाएको छ। 

केन्द्रका सूचना अधिकारी माधव दाहालले बजेट स्थानीय तहलाई पठाइसकिएको जानकारी दिए। वितरित रकम स्थानीय तहले आफ्नो तहमा पर्ने विद्यालयलाई हस्तान्तरण गर्नेछ।

त्यसपछि विद्यालयले स्यानिटर प्याड खरिद गरेर छात्रालाई वितरण गर्नेछन् । चालु आर्थिक वर्षका लागि वितरित रकम असारसम्म लिइसक्नुपर्ने सूचना अधिकारी दाहालले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको