Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमै पहिलो पटक महारुद्र यज्ञ पशुपति कैलाशमा हुने तयारी

भुबी पनेरू

सोमबार, ०३ चैत्र २०७६, १३ : ०४ मा प्रकाशित

नेपालमै पहिलो पटक महारुद्र यज्ञ पशुपति कैलाशमा हुने तयारी

अर्थ संसार, काठमाडौं –शतरुद्रं जुहोति भन्ने वेद वाक्यका आधारमा शतरुद्रीय विधिले गरिने स्वाहाकार युक्त हवनात्मक पद्धति महारुद्रयाग हाे।वैदिक सभ्यताको झल्को दिन गरी पशुपति कैलाशमा महारुद्र याग गरिने भएको छ।

विश्वशान्ति र मानवकल्याणको कामनासहित यही चैत १३ देखि २५ गतेसम्म यज्ञ आयोजना गर्न लागिएको हो। यो यागलाई नेपालमै पहिलो महारुद्र याज्ञ मानिएको छ।

यज्ञमा वैदिक मन्त्रद्वारा गाईको घिउ, बाख्राको दूध, भुटेको गहुँको सातु मिसाइएको चरुलाई आँकको समिधामा हवन गरिनेछ।

११ जना ब्राह्मणले दैनिक बिहान ८ देखि १२ बजेसम्म हवन गर्ने कार्यक्रम रहेको यज्ञ आयोजक मूल समारोह समितिले जनाएको छ। १ देखि ३ बजेसम्म संकीर्तन हुनेछ भने साँझ वेदान्तबारे विभिन्न विद्वान्ले प्रवचन दिनेछन्।

महारुद्र याज्ञका लागि करिब एक करोड खर्च हुने अनुमान छ। यज्ञका मूल संकल्पकर्ता रामचन्द्र तिमल्सिनाले भने, ‘हामीले अर्थोपार्जनका लागि यज्ञ गर्न लागेका होइनौं। आवश्यक सहयोग श्रद्धालु भक्तजनबाटै हुनेछ।’

महारुद्र याग सम्पन्न गर्न पूर्वसासंद एवम् नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. विदुरप्रसाद पौडेलको संयोजकत्वमा मूल समिति गठन गरिएको छ।

यागमा संकल्पकर्ता यजमानका लागि यजमानशाला, यजमानकी अर्धाङ्गिनीका लागि पत्नीशाला, हवनीय द्रव्य आहूतिका लागि यज्ञशाला, यज्ञ र यज्ञपुरुषको महात्म्य वर्णनका लागि प्रवचनकक्ष, सूचनाकक्ष र मण्डप तयारी गरीदै छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको