Like us!
Follow us!
Connect us!
Watch us!

भेरी नदीमा र्‍याप्टिङ गर्न सकिने सम्भाव्यता

भुबी पनेरू

सोमबार, ०३ चैत्र २०७६, १६ : २४ मा प्रकाशित

भेरी नदीमा र्‍याप्टिङ गर्न सकिने सम्भाव्यता

अर्थ संसार, काठमाडौं-भेरी नदीमा जलयात्रा सम्भाव्यता अध्ययन गरिएको छ। भेरी नदीमा सजिलै र्‍याप्टिङ गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ।

शनिबार लगातार तीन दिन भेरी नदीमा र्‍याप्टिङको सफल परीक्षण गरिएको छ। सल्लीबजारको भेरी नदी पुलदेखि रैकर धारापानीसम्म यस्तै राइरादेखि अम्रासम्म र्‍याप्टिङको सफल परीक्षण गरिएको कर्णाली र्‍याप्टिङ एडभेन्चर प्रालिले जनाएको छ।

पर्यटन प्रवर्द्धन तथा सडकको वैकल्पिक रुटको रूपमा जलयात्रा परीक्षण निकै सफल भएको बनगाड कुपिन्डे नगरपालिका उपप्रमुख मञ्जु यरीले बताइन्।

प्राविधिकसहितको टोलीले सफल परीक्षण गरेपछि व्यावसायिक रुपमा र्‍याप्टिङ सञ्चालन गर्ने योजना बनाएको उनले बताइन्। उनले भनिन्, ‘दुई चरणका र्‍याप्टिङ परीक्षण सफल भएपछि स्थानीय र पर्यटन व्यवसायी उत्साही देखिएका छन्।’

र्‍याप्टिङलाई व्यावसायिक बनाउन भेरी नदी किनारमा होमेस्टे र कटेजहरू सञ्चालन गर्न स्थानको अध्ययनसमेत भइरहेको छ। । जलयात्राको परीक्षण सफल भएपछि नियमित जलयात्रा गराउन स्थानीय तहले कार्यविधि निर्माण गर्नुपर्ने छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको