Like us!
Follow us!
Connect us!
Watch us!

शैक्षिक प्रमाणपत्र नक्कली भन्दै शिक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर

भुबी पनेरू

सोमबार, ०३ चैत्र २०७६, १६ : ३८ मा प्रकाशित

शैक्षिक प्रमाणपत्र नक्कली  भन्दै  शिक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर

अर्थ संसार, काठमाडौं – माग्दीका शिक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै राम्चे आधारभूत विद्यालय मराङ, माग्दीका शिक्षक छोटेलाल ठाकुर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।  
  
अनुसन्धानमा  भारतस्थित  मोतिउर्रहमान संस्कृत प्राथमिक सह-माध्यमिक विद्यालयबाट मध्यमा तह पास गरेको नक्कली प्रमाणपत्र पेश गरी अस्थायी प्रावि शिक्षक पदमा नियुक्ति लिएका थिए । उनविरुद्ध नक्कली प्रमाणपत्र पेस गरेर  राष्ट्रसेवकको ओहदामा रही सरकारी लाभ तथा सुविधासमेत आर्जन गरेकाले मुद्दा हालिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

शिक्षक ठाकुरविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागसहित विशेष अदालत, आरोपपत्र दायर गरिएको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको