Like us!
Follow us!
Connect us!
Watch us!

करीब ७ सय भारतीय डाक्टरहरूले आफ्नो काम छोडे

भुबी पनेरू

सोमबार, ०३ चैत्र २०७६, १७ : ०७ मा प्रकाशित

करीब ७ सय भारतीय डाक्टरहरूले आफ्नो काम छोडे

अर्थ संसार, काठमाडौं –  महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि देखिएपछि करीब ७ सय भारतीय डाक्टरहरू आफ्नो काममा छोडेका छन् ।

संक्रमणको डरले यतिका ठूलो संख्यामा डाक्टरहरू अस्पताल वा आफू कार्यरत रहेको स्वास्थ्य संस्थामा जान छोडेका हुन् ।

आइतवार उत्तर प्रदेश स्वास्थ्यमन्त्री जय प्रताप सिंहले आइतवार सरकारी अस्पतालमा नियुक्त ७ सय डाक्टरहरूले ड्युटीका लागि रिपोर्ट नगरेकाले छिट्टै बर्खास्त गरिने बताएका छन् ।

सामुदायिक स्वास्थ्य केन्द्रमा 'जन आरोग्य मेला' निरीक्षण गर्न आएका सिंहले सरकारी अस्पतालमा नियुक्ति गरिएका करिब ७ सय डाक्टर विभागलाई जानकारी नदिइ भागेको बताएका हुन् ।

उनले भने, यी डाक्टरहरुलाई बर्खास्त गर्ने प्रक्रिया सुरु भएको छ ।'

स्वास्थ्य मन्त्रीले भने, 'डराउनुपर्ने कुनै कारण छैन । यस भाइरसलाई उचित रोकथामबाट नियन्त्रण गर्न सकिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको