Like us!
Follow us!
Connect us!
Watch us!

फिलिपिन्स स्टक एक्सचेन्ज बन्द

भुबी पनेरू

मंगलबार, ०४ चैत्र २०७६, १० : ४४ मा प्रकाशित

फिलिपिन्स स्टक एक्सचेन्ज  बन्द

अर्थ संसार, काठमाडौं -विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेकाे बेला फिलिपिन्समा मंगलबार देखि सेयर कारोबार बन्द भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि मंगलबार (मार्च १७) बाट अनिश्चितकालीन सेयर बजार बन्द गरिएको फिलिपिन्स स्टक एक्सचेन्जले  जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट सर्वसाधारण लगानीकर्ता र कर्मचारीहरुका लागि सुरक्षा अनिश्चितकालीन सेयर बजार बन्दको घोषणा गरिएको हो ।

फिलिपिन्सको सरकारले पनि सेयर कारोबार लगायत अन्य महत्वपूर्ण सार्वजनिक स्थल तथा सामूहिक जमघटका कार्यक्रम नगर्न निर्देशन दिएको हाे । सोही अनुसार सुरक्षाको उच्च सतर्कता अपनाउँदै सेयर बजार बन्दको घोषणा गरिएको फिलिपिन्स स्टक एक्सचेन्जले जनाएको छ । 

विश्वका अन्य मुलुकहरुका सेयर बजार पनि बन्द गर्ने सम्बन्धमा छलफलहरु चलिरहेका छन् । तर नेपालमा भने सेयर कारोबार समय १ घन्टा थपेर दैनिक ५ घन्टा पुर्याइएको छ । कोरोना त्रास बढेकाले बेला यसरी समय थपिनुलाइ आश्चर्य मान्न सकिन्न छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको