Like us!
Follow us!
Connect us!
Watch us!

प्यूठानमा पूर्ण सुविधा सम्पन्न नयाँ बजाज शोरुमकाे उद्घाटन

भुबी पनेरू

मंगलबार, ०४ चैत्र २०७६, १२ : २७ मा प्रकाशित

प्यूठानमा पूर्ण सुविधा सम्पन्न नयाँ बजाज शोरुमकाे उद्घाटन

अर्थ संसार, काठमाडौं–नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले प्यूठानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम 'न्यू विज्ञान सप्लायर्स' को सुरू गरेको छ ।

थप सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको हो । ग्राहकलाई खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न प्रतिबद्धताका साथ बजाजले गुणस्तरीय र छिटो सुविधा सुनिश्चित गर्ने कम्पनीको विश्वास लिएको छ ।

नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ। नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले प्यूठानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै खुसी व्यक्त गरे।

आफ्ना ग्राहकलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु आफ्नाे जिम्मेवारी भएकाे उनले बताए । शोरुम उद्घाटनको अवसरमा ग्राहकलाई आकर्षक उपहारको व्यवस्था समेत गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको