Like us!
Follow us!
Connect us!
Watch us!

‘बिहेवारी, बीस वर्षपारि’ सचेतना अभियान सुरू

भुबी पनेरू

मंगलबार, ०४ चैत्र २०७६, १२ : ५९ मा प्रकाशित

‘बिहेवारी, बीस वर्षपारि’ सचेतना अभियान सुरू

अर्थ संसार,काठमाडौं–नेपालमा बालविवाह न्यूनीकरणको लागि बिभिन्न किसिमका कार्यक्रमहरू गरिदै आए छन् । तर पनि बालबिवहामा कमी आउन भने सकेको छैन । नेपालमा ‘बिहेवारी, बीस वर्षपारि’ भन्ने भनाइ सुन्न थालिएको वर्षौं भइसके पनि यसको भने रोकिएको छैन । परिपक्व नभई हुने विवाहसँगै त्यसले निम्त्याएका शारीरिक जोखिम त छँदै छ। यसले सामाजमा पनि असर पारिरहेको देखिन्छ। यसै बिषयलाइ मध्यनजर गर्दै बालविवाह न्यूनीकरणका लागि पाल्पाको रामपुरमा सचेतना अभियान थालिएको छ ।
  
रामपुर नगरपालिका–६ को कार्यालयले ‘बिहेवारी, बीस वर्षपारि’ भन्ने भनाइबारे सचेत गराउँदै विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रम गर्न थालेको छ। 
यसै ठाँउको दरैठाँटी माविमा यसै वर्ष एक जना विद्यार्थी र नवदुर्गा माविमा दुई जनाले उमेर नपुगी विवाह गरेको तथ्याङक छ । यो अवस्था देखेर वडा कार्यालयले उमेर नपुग्दै विवाह हुने दरलाई कम गर्न बालविवाह सचेतना अभियान चलाएको हो ।
  
विद्यालयबाट शुरु भएको कार्यक्रम अभिभावक हुँदै सरोकारपक्षसम्म निरन्तर सञ्चालन गर्ने जानकारी दिँदै  वडामा बालविवाहको दर शून्यमा पुर्याउने लक्ष्यका रहेको छ । बालविवाह न्यूनीकरणसम्बन्धमा वडाले विद्यालयमा आएर गरेको कार्यक्रमले राम्रो प्रभाव पारेको दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले बताए ।
  
प्रत्येक वडा कार्यालयले वडाभित्रका विद्यालयमा गएर बेलाबेलामा बालविवाह न्यूनीकरणका सन्दर्भमा विभिन्न कार्यक्रम गरेको खण्डमा शून्यमा नै पु¥याउन सजिलो हुन् छ ।

वडाले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा सहभागी विद्यार्थीलाई प्रतिविद्यार्थी रु एक हजार ५०० का दरले स्वास्थ्य प्रवद्र्धन पौष्टिक सामग्री पुरस्कारका रूपमा दिइने गरेको छ ।
उमेर नपुग्दै  विवाह गर्नुहुन्न भन्ने जानचेतना अभिभावकहरूमा पुर्याउन जरूरी देखिन्छ।अभिभावक सचेत भए मात्रै बालविवाहको दरलाई कमि गर्न सकिने छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको