Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

मंगलबार, ०४ चैत्र २०७६, १४ : २५ मा प्रकाशित

भारतमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

अर्थ संसार, काठमाण्डौं - भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।  भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । ती व्यक्ति दुबईको यात्राबाट फर्किएका जनाइएको छ । 

भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए ।  कोरोना भाइरसको कारण सङ्क्रमित भई मृत्यु भएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य माहाराष्ट्रका भएका जनाइएको छ ।
 
त्यस्तै, गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको भारतले घोषणा गरेको   थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको थियो । 

त्यसैगरी, यस अघि मृत्यु भएका  दुबै व्यक्ति पनि महिला भएका जनाइएको छ । भारतमा कोरोना भाइरसका कारण हालसमम तीन व्यक्तिको मृत्यु भएको र  सङ्क्रमितको सङ्ख्या १२५ पुगेको   छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको